गृहपृष्ठ कैलालीमा आज एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु
कैलालीमा आज एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु
कैलालीमा आज पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका- ३ बस्ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएको १२ घण्टामै उनको आज बिहान मृत्यु भएको हाे ।
यस्तै सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत कैलालीकी लम्कीचुहा- २ का ३३ वर्षीय पुरुष र घोडाघोडी- १० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । आज नै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार घोडाघोडी नगरपालिका- १२ का २८ वर्षीय युवकको पनि आज नै मृत्यु भएकाे हाे । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका युवकको बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जाेशीले बताए ।
प्रकाशित समय : २०:५९ बजे