Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

एसइई उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

एसइई उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ताका लागि आवेदन आब्हान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यही वैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम सञ्चालन हुने र त्यसका लागि आवेदन दिन सूचना जारी गरेको हो । तालिमका लागि एसइई उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने जनाएको छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ । यस पटकका लागि खुलाइएको अभिकर्ताका लागि आवेदन दिने अन्तिम मिति वैशाख १७ गते साँझ ५ बजेसम्म तोकिएको छ ।

अभिकर्ता बन्न चाहानेले kripendra@shikharinsurance.com मार्फत इमेल गर्न सक्ने जनाएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतूले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा सञ्चालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट www.shikharinsurance.com बाट पनि लिन सकिन्छ ।

सम्बन्धित खबरहरु