Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

निष्काशन बन्दअगावै बिक्री भए एनआईबीएल समृद्धि फण्ड-२ का इकाईहरु

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

निष्काशन बन्दअगावै बिक्री भए एनआईबीएल समृद्धि फण्ड-२ का इकाईहरु

एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड- २ को इकाईहरु तेस्रो दिनमा नै बिक्री भइसकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १०२ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।

क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १२० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । इकाई खरिदका लागि आवेदन दिने मिति आज अन्तिम दिन रहेको छ ।

सम्बन्धित खबरहरु