Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

पर्सामा एकै दिन १६९ जनामा कोरोना संक्रमण

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

पर्सामा एकै दिन १६९ जनामा कोरोना संक्रमण

पर्सामा आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समूहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । उनले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका संक्रमितमध्ये यो सबैभन्दा बढी संख्या रहेको बताए । यससँगै पर्सामा संक्रमितको कुल संख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु