Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

कैलालीमा आजबाट एक हप्ताका लागि निषेधाज्ञा

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

कैलालीमा आजबाट एक हप्ताका लागि निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कैलालीमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम आज वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र सेवा बन्द रहने उनले बताए । निषेधाज्ञा उल्लंघन गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । यति बेला धनगढी बजारको विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

सम्बन्धित खबरहरु