Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

थप ४७७४ जनामा कोरोना पुष्टि

न्युज कारोबार काठमाडौं वैशाख १५, २०७८       

थप ४७७४ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८७९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर ९५५ एन्टिजेन परीक्षणमा १७४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ होम आइसोलेसनमा छन् ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ । आज कोरोनाबाट थप ७७३ जना डिस्चार्ज भएका छन् । यसका साथै देशभर निको हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

सम्बन्धित खबरहरु