Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार

न्युज कारोबार काठमाडौं वैशाख १५, २०७८       

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार

बुधबार फेरि सेयर बजार दोहोरो अंकले घटेको छ । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर दुई हजार ५८५.२८ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि २.१६ अंकले घटेर ४६५.११ अंकमा झरेको छ ।

आज २१५ कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता सेयर तीन अर्ब ९९ करोड चार लाख ३१ हजार २३६ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै आज तीन उपसमूहबाहेक बाँकी सबै समूहको सेयर घटेको छ । व्यापार ९.१५, उत्पादनमूलक ५४.६५ र अन्य समूहको १७.७१ अंकले सेयर बढेको छ भने बाँकी १० उपसमूहको सेयर ओरालो लागेको छ ।

बैकिङ १४.०८, होटल तथा पर्यटन १९.३२, विकास बैंक २४.१, जलविद्युत १८.८९, वित्त १५.५३, निर्जीवन बिमा १०४.८४, लघुवित्त ४६.४३, जीवन बिमा १४९.११, सामुहिक लगानी कोष ०.०१ र लगानी समूहको सेयर ०.१ अंकले ओरालो लागेको छ । त्यस्तै आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा पुगेका छन् । विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

सम्बन्धित खबरहरु