Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

बीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

न्युज कारोबार धरान वैशाख १४, २०७८       

बीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु फाइल तस्बिर

यहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पताल भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी थिए । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको संख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु