Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

आइएमई जनरल इन्स्योेरेन्सको २३औं वार्षिक साधारण सभा सम्पन्न

न्युज कारोबार काठमाडौं वैशाख १३, २०७८       

आइएमई जनरल इन्स्योेरेन्सको २३औं वार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं वार्षिक साधारण सभा मिति २०७८ साल वैशाख १२ गते आइतबार सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को दोस्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले हामीले विद्यमान प्रचलित जुमको माध्यमबाट कम्पनीको २३औं साधारण सभा अनलाइन रुपमा सञ्चालन गरेको हो ।

सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए । हाल कूल बिमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बिमा क्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बिमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमशः वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए ।

पछिल्लो समय बिमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदीले बिमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पुँजीबजारमा समेत ठूलो हिस्सा बिमा क्षेत्रले ओगट्न सफल भएको छ । बिमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बिमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतूले आगामी वर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए ।

सम्बन्धित खबरहरु