Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

न्युज कारोबार काठमाडौं वैशाख १०, २०७८       

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्धारा प्रवद्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

राजदुतावासकाअनुसार नेपालभारत मैत्रीविकास साझेदारी कार्यक्रमअन्र्तगत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको  बताइएको छ । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ-संस्थालाई एम्बुलेन्स साथै स्कुल बस उपहार स्वरुप प्रदान गरेको हो । स्वास्थ्य सेवा, विशेष गरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको हो ।

राजदुतावासले बताएअनुसार सो एम्बुलेन्स सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनःदिएको बताएको छ । आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित सानातथा ठुला कम्रसियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।
 

सम्बन्धित खबरहरु