Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

हीरो मोटोकर्प र गोगोरोबीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

न्युज कारोबार काठमाडौं वैशाख १०, २०७८       

हीरो मोटोकर्प र गोगोरोबीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

हीरो मोटोकर्प र गोगोरो इंकले बिहीबार भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुबै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण- ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप छ, जुन हामी आफ्नो लक्ष्य (Mission)‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत जीवन्त तुल्याउँदैछौं । आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ, जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हामीले हीरोलाई टु व्हीलरमा अग्रणी तुल्याएका छौं, त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ ।’

'यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी )रजर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहेका कामलाई थप विस्तार गर्नेछ । हीरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप छ ।  यस नयाँ साझेदारीको साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारमा हामी दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध छौं । यो साझेदारीले भारत सरकारको विद्युतीकरण अभियानलाई सबल र तीब्र बनाउनेछ तथा भारतको ऊर्जा र गतिशीलता (मोबिलिटी)को भविष्यमा महत्वपूर्ण प्रभाव पार्नेछ,' उनले भने ।

सम्बन्धित खबरहरु