Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

७० प्रतिशतसम्म विजुली बचत गर्ने एलजीका नयाँ एसी नेपाली बजारमा

न्युज कारोबार काठमाडौं वैशाख ९, २०७८       

७० प्रतिशतसम्म विजुली बचत गर्ने एलजीका नयाँ एसी नेपाली बजारमा

एलजीको आधिकारीक विक्रेता सिजी इम्पेक्स प्रालिले  एन्टी भाईरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ । यस एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ ।

साथै यस एसी माफोरइन्नवान कन्र्भटेबल मोड रहेको छ, जसले एसीलाई ४० प्रतिशत, ६० प्रतिशत, ८० प्रतिशत र १०० प्रतिशत अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरी पैसा पनि बचत गर्दछ । यस एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्चगति र कमगतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कमआउनुका साथै जसले ७० प्रतिशत सम्म विजुली बचत पनि गर्दछ ।

यस एलजीको एसीमा रहेको ब्ल्याकफिन टेक्नोलोजिजसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ । जसले गर्दा एसीको आयु बढाउनुका साथै लामो समय सम्म चल्दछ । एलजीको एसीले ४० प्रतिशत चाडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेन्टी पनि रहेको छ । अहिले नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको नि:शुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु