Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

रिलायबल नेपाल लाइफद्वारा 'अहिलेसम्मकै ठूलो' मृत्यु दाबी भुक्तानी

बीमितको परिवारले पाए ४ करोड रूपैयाँ

न्युज कारोबार काठमाडौं वैशाख ८, २०७८       

रिलायबल नेपाल लाइफद्वारा 'अहिलेसम्मकै ठूलो' मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीमा ४ कराेड रूपैयाँ भुक्तानी गरेको छ । याे रकम नेपाली बिमा क्षेत्रकै ठुलो भएकाे कम्पनीले दाबी गरेकाे छ । बुधबार एक समारोहका बिच बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमितका परिवारलाई सो रकम बराबरकाे चेक हस्तान्तरण गरे ।

हरिप्रसाद पन्तकी श्रीमती परु देवीलाई चेक हस्तान्तरण गरिएकाे हाे । पन्तले डेढ  वर्षअघि ४ करोड रुपैयाँको सुलभ जीवन बिमा योजना खरिद गरेका थिए । पहिलो किस्ताको रुपमा ६ लाख रुपैयाँ बराबरको बिमा शुल्क भुक्तानी गरेका पन्तको हृदयघातका कारण मृत्यु भएको हो ।

कम्पनी स्थापना भएको तीन वर्ष ७ महिनाको अवधिमा सबैभन्दा ठूलो रकम दाबी भुक्तानी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए । उनकाे दाबीअनुसार याे रकम  बिमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठुलो दाबी भुक्तानी हाे । कम्पनीले अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी दाबी भुक्तानी गरिसकेको उनले बताए ।

कम्पनीको यस्तो कार्यले नेपालको बिमाको बजार अविस्वसनीय छैन भन्ने सन्देश प्रवाह भएको बिमा समितिका अध्यक्ष सिलवालले बताए । 'यस घटनाले बिमा कम्पनीले साच्चिकै व्यवसाय गर्छ भन्ने कुरा स्थापित गरेको छ । बिमा कम्पनीहरु बिमा व्यवसाय गर्न सक्षम रहेको पनि जनाउँछ,' उनले भने ।

सम्बन्धित खबरहरु