Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

चन्द्रागिरी हिल्सको तेस्रो त्रैमासिक वित्तीय विवरण : आम्दानी घटेपछि घाटा थप चुलियो

न्युज कारोबार काठमाडौं वैशाख ७, २०७८       

चन्द्रागिरी हिल्सको तेस्रो त्रैमासिक वित्तीय विवरण : आम्दानी घटेपछि घाटा थप चुलियो

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्ममा कम्पनीको घाटा बढेको छ । चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो । सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा चुलिएको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको चैत १८ गतेसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

१ अर्ब ५३ कराेड रूपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा काेष ३२ कराेड ८ लाख रूपैयाँ ऋणात्मक रहेकाे छ । चैत १८ गतेसम्ममा कम्पनीकाे इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेकाे छ भने प्रतिसेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेकाे छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले सञ्चालन गरेको केबलकारमा औसतमा दैनिक १४०० आगन्तुक र रिसोर्टमा औषत अक्युपेन्सी ४० प्रतिशत रहेको कम्पनीले जनाएको छ । पर्यटन विभागबाट कम्पनीले सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स रिसोर्टलाई ‘लक्जरी रिसोर्ट’ को रुपमा वर्गीकरण गरिएको छ । पर्यटकहरुलाई लक्षित गर्दै कम्पनीले केबलकारको टप स्टेशन क्षेत्रमा वाल क्लाइम्बिङ सुविधा थप गरेको जनाएको छ । त्यसका साथै जिपलाइन, सुइङ लगायतका सुविधासमेत थप गर्ने कार्य अगाडि बढाएको कम्पनीले उल्लेख गरेकाे छ ।

सम्बन्धित खबरहरु