Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

टीभीएसले 'पब्जी मोबाइल च्याम्पियनसीप २०२१'लाई प्रायोजन गर्ने

न्युज कारोबार काठमाडौं वैशाख ५, २०७८       

टीभीएसले 'पब्जी मोबाइल च्याम्पियनसीप २०२१'लाई प्रायोजन गर्ने

विश्वमा दुई पांग्रे र तीन पांग्रेको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले 'PUBG Mobile Chapionship २०२१' को लागि प्रायोजन गर्न लागेको छ । यो कार्यक्रम टीभीएस मोटर कम्पनीको bluetooth जडित स्कूटर TVS Ntorq 125 को ट्यागलाइन 'प्ले स्मार्ट' भनिएको छ ।

पब्जी नेपालको Gen z मध्येको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसीप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीलाई प्रस्तुत गर्दछ । च्याम्पियनसीप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुनेछ । तीन भाग्यशाली विजेताले TVS Ntorq 125 Super Squad Edition स्कुटर  जित्ने मौका पाउनेछन् । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, 'जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ । हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टीभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ।'

PUBG Mobile Championship 2021 ले ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यालहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ । च्याम्पियनसीप आगामी ४५ दिनसम्म चल्ने छ ।

सम्बन्धित खबरहरु