Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसीयू र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शैय्याको आइसीयू तथा ३० शैय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।

एक संक्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु