Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

४३८६ पीसीआर गर्दा ४६० जनामा कोरोना पुष्टि, थप ५ जनाको निधन

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

४३८६ पीसीआर गर्दा ४६० जनामा कोरोना पुष्टि, थप ५ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ पीसीआर परीक्षणमा ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । हाल देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८५ जना क्वारेन्टिनमा छन् ।

मंगलबार कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ५८ पुगेको छ । मंगलबार थप १५३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

सम्बन्धित खबरहरु