Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

'दैनिक ११ हजार संक्रमित थपिन सक्छन्, कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्छ'

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

'दैनिक ११ हजार संक्रमित थपिन सक्छन्, कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्छ'

नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नेपालमा कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताएका हुन् ।

‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ,’ मन्त्री त्रिपाठीले भने, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो । त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’ एक वर्षको अनुभव, तयारी र पूर्वाधारका आधारमा त्यसलाई प्रभावकारी बनाइ लकडाउन हुन नदिने प्रयत्न भने भइरहेकाे उनले जनाए । उनका अनुसार देशका मुख्य नाकामा १ हजार जनासम्म बस्ने होल्डिङ सेन्टर निर्माण गर्ने काम सरकारले अघि बढाइसकेकाे छ ।

सम्बन्धित खबरहरु