Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

ठूला सहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

ठूला सहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस

नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले यस अवधिमा अनलाइन कक्षामार्फत पठन-पाठन गराउन सुझाव दिएको छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । 'यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हाे,' मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने । १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।

उनका अनुसार यसबारे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारिक निर्णय हुन भने बाँकी रहेकाे मन्त्री त्रिपाठीले बताए ।

सम्बन्धित खबरहरु