Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

कुखुराको मासुको मूल्यले बनायो रेकर्ड

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

कुखुराको मासुको मूल्यले बनायो रेकर्ड

पहिलोपटक बाेइलर कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको छ । यसअघि याे मूल्य ३ सय ९८ रूपैयाँ कायम थियो । लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्यले अहिले नयाँ रेकर्ड कायम गरेकाे हो ।

बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार बजारमा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि बर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो ।

अहिले काठमाडौंमा ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ८० रहेको कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए । अण्डाको मूल्य पनि प्रतिक्यारेट २० रूपैयाँसम्म बढ्न सक्ने नेपाल अण्डा उत्पादक संघले जनाएकाे छ ।

सम्बन्धित खबरहरु