Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

थप ३०३ जनामा कोरोना पुष्टि, एकको मृत्यु

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

थप ३०३ जनामा कोरोना पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ४० पुगेको छ ।

आइतबार १४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ । हाल देशभर २ हजार ९ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८३ जना क्वारेन्टिनमा छन् ।

 

सम्बन्धित खबरहरु