Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

नागार्जुन जंगलमा लाग्यो डढेलो

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

नागार्जुन जंगलमा लाग्यो डढेलो फाइल तस्बिर

नागार्जुनको जंगलमा डढेलो लागेको छ । आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको छ ।

आगो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भएपछि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु