Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुँदै

न्युज कारोबार काठमाडौं चैत २९, २०७७       

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुँदै

प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आयोजक समितिले २०७८ साल नयाँ वर्षलाई स्वागत गर्दै सगरमाथाको फेदी खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

पासाङ ल्हामु शेर्पा गाउँस्तरीय पुरुष र जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिता र समाजमा योगदान गरेका अग्रज व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ । खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न, महिला शसक्तीकरण, समाजको आवाज हिमाली भेगबाट बुलन्द गर्न लगायतका उद्देश्यका साथ खेलको आयोजना गरिएको हो ।

भलिबल खेल तीन दिनसम्म सञ्चालन हुने आयोजक समितले जनाएको छ । जसमा प्रथम विजेताले एक लाख पुरुस्कार साथमा ट्रफि पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ५० हजार र ट्रफि, तेस्रो विजेताले २५ हजार र ट्रफि पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट रेजर र उत्कृष्ट सटरलाई पनि पुरुस्कारको व्यवस्था छ ।

सम्बन्धित खबरहरु