nmb bank

गृहपृष्ठ झापाको सतिघट्टामा सशस्त्र प्रहरीको बीओपी

झापाको सतिघट्टामा सशस्त्र प्रहरीको बीओपी

झापाको सतिघट्टामा सशस्त्र प्रहरीको बीओपी

सशस्त्र प्रहरी बल नेपालले मेचीनगर- ७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी बीओपीको स्थापना गरिएको हो ।

सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए । प्रजिअ तिम्सिनाले बीओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा बीओपी स्थापनाको संख्या योसँगै १८ पुगेको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु