गृहपृष्ठ नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक
नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक नेताले बताए ।
पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छन् । जसपा सरकारमा जाने/नजानेमा दोधारमा छ । माओवादी केन्द्रले पनि जतिसक्दो चाँडो ओलीको विकल्प खोज्नुपर्ने बताएको छ ।
प्रकाशित समय : ०१:१७ बजे