Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

इटालियन सिरी ‘ए’ : युभेन्टसद्वारा नेपोली २-१ गोलले पराजित

न्युज कारोबार पर्वत चैत २६, २०७७       

इटालियन सिरी ‘ए’ : युभेन्टसद्वारा नेपोली २-१ गोलले पराजित

सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २-१ ले पराजित गरेको छ । एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा पाहुना टोलीका लोरेन्जो इन्सिग्नेले अन्तिम समयमा गोल गरे पनि हार टार्न सकेन । खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । 

३७औं मिनेटमा डानिलो र जुआन कोर्डाडोको समन्वयमा बनेको मुभमा कोर्डाडो चुक्दा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा लोरेन्जो इन्सिग्नेको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाउँदै बराबरी टारे । ४८औं मिनेटमा डि लोरेन्जोको प्रहारमा बुफोन बाधक बन्दा नेपोली बराबरीबाट चुक्यो । ५३औं मिनेटमा अल्भारो मोराटाले काउन्टर अट्याकमा जुआन कोर्डाडोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो । 

सम्बन्धित खबरहरु