गृहपृष्ठ पत्रकार महासंघको निर्वाचन (फोटोफिचर)
पत्रकार महासंघको निर्वाचन (फोटोफिचर)
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज देशभर निर्वाचन सम्पन्न भएको छ । देशभर एकैपटक बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । महासंघको तीनै तह जिल्ला, प्रदेश र केन्द्रको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा प्राविधिक कारणले आएका समस्याहरु आपसी समझदारीमा समाधान गरिएको थियो ।
महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान भएको हो । महासंघको निर्वाचणमा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचनमा देशभरबाट १३ हजार २ सय मतदाताले मतदान गरेका छन् ।
प्रकाशित समय : ००:२३ बजे