Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

४ हजार १०० पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना पुष्टि

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

४ हजार १०० पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना पुष्टि

पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सरकारले कोरोना संक्रमणबाट जोगिन भीडभाड नगर्न र मास्क अनिवार्य लगाउन निर्देशन दिइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०० पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ७६८पुगेको छ ।

बुधबार ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५२९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २ हजार २०१ जना छन् । जसमध्ये ६५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको निधन भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

सम्बन्धित खबरहरु