Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

बुधबार नेप्से झिनो अंकले घट्यो

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

बुधबार नेप्से झिनो अंकले घट्यो

बुधबार सेयर कारोबार बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २.८५ अंकले घटेर दुई हजार ६७१.६१ अंकमा झरेको हो । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.६२ अंकले घटेर ४७६.८० अंकमा झरेको हो ।
आज २१५ कम्पनीको कारोबार भएको छ । जसमा एक करोड ६५ लाख ९३ हजार ५०१ कित्ताको ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५७० रुपैयाँमा किनबेच भएको छ । 

१३ उपसमूहको कारोबार हुने नेप्सेमा आज ६ उपसमूहको कारोबार उकालो लागेको छ भने बाँकी सात उपसमूहको कारोबारमा ओरालो लागेको छ ।बैंकिङ ५.२३, होटल तथा पर्यटन २३२.६४, विकास बैंक ४०.५२, वित्त ०.९८, लघुवित्त १०७.४४ र सामुहिक लगानी कोष ०.०४ अंकले बढेको छ भने व्यापार १६३, जलविद्युत ३३.०३, निर्जीवन बिमा २०१.३९, उत्पादनमुलक ८०.५५, अन्य १८.९१, जीवन बिमा १०६.६९ र लगानी १.७३ अंकले बढेको छ ।

सम्बन्धित खबरहरु