nmb bank

गृहपृष्ठ डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् । मंगलबार एशोसिएसनको कसरा रिसोर्ट पटीहानी चितवनमा सम्पन्न १५औं वार्षिक साधारण सभाले प्रद्युमन पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिका पदाधिकारीहरु चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यलाई सदस्यमा चयन गरिएको हो ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हालेका छन् । एशोसियसनको १५औं वार्षिक साधारण सभाले आ.व. २०७६÷७७ को लेखा परीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७/७८ को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । १५ सदस्य विकास बैंकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु