Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नयाँ वर्षमा भिभोको ‘रेनी क्याम्पियन अफर’

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

नयाँ वर्षमा भिभोको ‘रेनी क्याम्पियन अफर’

स्मार्ट फोनमा विश्वव्यापी रुपमा अग्रणी स्थानमा रहेको भिभोले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकमाझ एउटा अफर ल्याएको छ । सो अफर क्याम्पियन अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म चल्ने कम्पनीले जनाएको छ । भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भि २० (८ जीबी+१२८ जीबी), भि २० एसई (८ जीबी + १२८ जीबी) तथा वाई सिरिज स्मार्ट फोनको वाई ५१ (८ जीबी + १२८ जीबी), वाई १२ (३ जीबी + ३२ जीबी) वाई ९१ सि (२ जीबी + ३२ जीबी) यस क्याम्पियनअन्तर्गत छुटको लागि अफर गरिने भएको छ । 

भिभो भि२०को  पर्चेच प्राइस ड्रप तीन हजारमा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउने छ । त्यस्तै पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् । त्यस्तै भिभो वाई२० (३ जीबी + ३२ जीबी) को सबै खरिदकर्ताहरुलाई पर्चेच प्राइस ड्रप एक हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

भिभो वाई९१ सी खरिदका लागि पर्चेच प्राइस ड्रप दुई हजार मालिन सक्नेछन् । भिभो वाई१२एस खरिद गर्दा एक हजार रुपैयाँ छुटका साथमा खरिद गर्न सक्ने छन् । पहिलो एक हजार ७०० ग्राहकले भिभो वाई२० (४ जीबी + ६४ जीबी), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् । तिनीहरुले यस सिजनको आईपीएल जर्सी जित्ने मौका पाउने छन् । 

सम्बन्धित खबरहरु