Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

न्युज कारोबार प्यूठान चैत २५, २०७७       

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । (रासस)

सम्बन्धित खबरहरु