Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

सेयर बजार दोहोरो अंकले वृद्धि, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

सेयर बजार दोहोरो अंकले वृद्धि, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से र ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १५.७२ अंकले बढेर दई हजार ६७४.४६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ४.३४ अंकले बढेर ४७६.१८ अंकमा पुगेको छ । 

मंगलबार २१३ कम्पनीको कारोबार हुँदा एक करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको कारोबार भएको नेप्सेमा आज ६ कम्पनी ओरालो लागेका छन् भने ७ उपसमूहको कारोबार सकारात्मक देखिएको छ । बैंकिङ, व्यापार, वित्त, निर्जीवन बिमा, अन्य र जीवन बिमा उपसमूहको कारोबार ओरालो लागेको छ ।

त्यस्तै होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, उत्पादनमुलक, लघुवित्त, लगानी र सामूहिक लगानी कोषको कारोबार उकालो लागेको छ । आज युनिभर्सल पावर कम्पनी, युनाइटेड आइडीआई मार्दी हाइडोपावर, चन्द्रागिरी हिल्स र चिलिमे जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु