Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

माओवादी केन्द्रले गर्‍यो ४ संघीय सांसदलाई निलम्बन

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

माओवादी केन्द्रले गर्‍यो ४ संघीय सांसदलाई निलम्बन

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन गरेको छ । यस सम्बन्धमा मंगलबार संसद सचिवालयमा पत्र दर्ता गराएकाे माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । गुरूङका अनुसार सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको हाे ।

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समयअघि ओली नेतृत्वको एमालेमा लागेका थिए । त्यसपछि पार्टीले स्पष्टीकरण सोध्दासमेत उनीहरुले जवाफ दिएका थिएनन् । एमाले प्रवेश गरेका नेता रामबहादुर थापा 'बादल'लाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

सम्बन्धित खबरहरु