Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सस्तियो रियलमी सी१५ फोनको मूल्य, बजारमा १८ हजार ५९० मा उपलब्ध हुने

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

सस्तियो रियलमी सी१५ फोनको मूल्य, बजारमा १८ हजार ५९० मा उपलब्ध हुने

छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो उपस्थित जनाउँदै गएको रियलमी सी१५ को मूल्य अझ सस्तिएको छ । पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमी सी१५ अब नेपाली बजारमा मात्र १८ हजार ५९० रूपैयाँमा उपलब्ध छ ।

यस फोनमा अल्ट्रा-लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् । यसबाहेक रियलमी सी१५ माजियो मेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वा डीर स्क्रिनको उच्च अनुपात रहेको तथा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ । रियलमी विश्वभरका ७ करोड स्मार्टफोन प्रयोगकर्ताको सूचीमा ७औँ स्थानमा पर्दछ । जुन अहिले सबैभन्दा तीव्र रुपमा विश्वमा बजार विस्तार गरिरहेको स्मार्ट फोन ब्राण्ड हो ।

युवाहरुमाझ एकदमै रुचाइएको यस मोबाइल फोन कम्पनीले प्रयोगकर्ताको आग्रहलाई विशेष प्राथमिकतामा राखेर लगातार अनुकूल हुनेगरी यसको संस्करानात्मक सुधार गर्दै गएको छ । गुणस्तरीय उत्पादन, शानदार ब्याट्री र उत्कृष्ट अल्ट्रा लार्ज डिस्प्ले र आकर्षक डिजाइनका साथ रियलमी सी सिरिजको मोबाइल फोन इन्ट्री लेभलमा सर्वोत्तम विकल्प बन्न पुगेको छ ।

६ हजार एमएएच रहेको अल्ट्रा-लंग मेगा ब्याट्री

कम्पनीले रियलमी सि१५ को मोबाइल फोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोनकल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ । साथै ४८ दिनसम्मका लागि फोन स्ट्यान्डबाइ रहन सक्छ । रियलमी सी१५ मा सुपर पावर सेभिङ मोड समेत रहेको छ जसले ६ वटा साझा एपको प्रयोगमार्फत प्रयोगकर्ताको फोनको आधारभूत कार्यक्षमता यथावत राख्न मद्दत गर्दछ । सुपर पावर सेभिङ मोडमा फोन सामान्य अवस्थाको ५ प्रतिशतमात्र ब्याट्री खपत गरेर निरन्तर २.५ दिन अथवा २.४८ घण्टासम्म फोनकल गर्न सकिने सुविधा रहेको छ ।

यसैगरी रियलमी सी१५ माक्विक फ्रिज एपको पनि विशेषता थपिएको छ जसले ब्याग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्क्रिन ब्याट्री अप्टीमाइजेशनले डिस्प्लेका इफेक्ट कम गरी फोनको स्थिरता कायम गर्ने र स्लीप स्ट्यान्डबाइ अप्टीमाइजेशनले न्यूनमोडमा पनि फोन चलाउन सकिने जस्ता विशेषताहरु रहेका छन् । रियलमी सी१५ मा केबल हार्ड-कोर फायरप्रुफ मेटेरियलले बनेकोब्याक कभर मात्रै नभएर यसमा पावर अनुगमन सेन्सर तथा ताप अनुगमन सेन्सर पनि रहेको छ जसले स्मार्टफोनको थर्मल अवस्थालाई स्वचालित रुपमा मूल्यांकन गरेर निगरानी गर्ने काम गर्छ । ताकि प्रयोगकर्तामा दैनिक प्रयोजनमा प्रयोग हुने मोबाइलको ब्याट्री विस्फोट हुने वा अन्य दुर्घटना हुनसक्ने त्रास यसमा रहन्न ।

ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा रियलमी सी १५ ले मोबाइलफोन र अन्य केही एआइओटी उत्पादन चार्ज गर्न सक्ने सामर्थ्य पनि राख्दछ । रियलमीमा भएको १८ वाट तिब्र चार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशत चार्ज गर्न सकिन्छ ।

दैनिक प्रयोजनमा गुणस्तरीय

रियलमीले युवा पिढीलाई लक्षित गरी रियलमी सी१५ निर्माण गरेकोले यसमा वास्तविक उत्कृष्ट बनावट र ‘पावर व्लु’(नीलो)तथा पावर सिल्भर’(चाँदी) गरी २ भिन्न रङमा प्रस्तुत गरेको छ । यि रङहरु अनन्तनिलो समुद्र र उडिरहेका समुद्री चराहरुबाट प्रभावितभएको कम्पनीको भनाइ छ । यो फोनमा छिटो प्रतिरोध गर्ने प्रविधि रहेको छ । दैनिक प्रयोग गर्दा फोहोरबाट हुने समस्याबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएको छ । यस फोनमा दैनिक प्रयोजनमा प्रयोग हुने एयरफोन, युएसबीहरु लाग्ने पोर्टहरुमा सिलिकोनले बन्द गरिएको छ । स्क्रिनमाथि रहेको स्पीकरलाई धुलो प्रतिरोध बनाइएको छ जसले गर्दा फोन कलको गुणस्तर कायम रहन्छ ।

६.५ इन्चको मिनी ड्रप डिजाइन सहित एआई क्वाड क्यामेरा

कम्पनीले मोबाइलमा ६.५ इन्चको मिनीड्रप डिजाइनमा क्वाड-४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै उत्कृष्ट हुन्छ । यसमा रहेको स्न्याप ड्रागन ४६० ८-कोर प्रोसेसरले गर्दा दैनिक प्रयोजन हुने एप वा गेम निर्वाध चल्छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा, युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टिको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टि ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ । यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।
 

सम्बन्धित खबरहरु