nmb bank

गृहपृष्ठ एनआईबीएल सहभागिता फण्डको लाभांश फेरि लगानी गर्न पाइने, यस्तो छ प्रक्रिया

एनआईबीएल सहभागिता फण्डको लाभांश फेरि लगानी गर्न पाइने, यस्तो छ प्रक्रिया

एनआईबीएल सहभागिता फण्डको लाभांश फेरि लगानी गर्न पाइने, यस्तो छ प्रक्रिया

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको लाभांश पुनः लगानी गर्न पाइने भएको छ । क्यापिटलले इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।

साथै, चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (बुक क्लोज) मितिका दिनसम्म लाभांश पुनः लगानी योजनाअन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जानकारी गराएको छ ।

यो योजनामा दर्ता गर्ने यस्तो छ प्रक्रिया :

लाभांश पुन: लगानी योजनामा एनआईबीएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्ने छन् । त्यस्तै, योग्य इकाईधनीहरुले अनलाईन लिंक https://mutualfund.niblcapital.com मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराममार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।

त्यसैगरी, आफ्नो हितग्राही खातामा रहेको ईमेल ठेगानामार्फत ईमेल विषयमा लाभांश पुन-लगानी योजना उल्लेख गरी इकाईधनीको पुरा नाम, इकाईधनीको हितग्राही खाता नम्बर र इकाईधनीको सम्पर्क नम्बर उल्लेख गरी ईमेल ठेगाना मा पठाउन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु