Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको सुरू गरेको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले केही तरकारी खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरी बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।

अब धुम्बराही तरकारी तथा फलफुल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारी धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलले विभिन्न तरकारी तथा फलफुल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटै तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ३ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका छन् । बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टच पोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

सम्बन्धित खबरहरु