न्युज कारोबार
काठमाडौं
चैत २४, २०७७
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ मेदिबुङ बस्ने मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती बालिकालाई सोही नगरपालिका-४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमकाे छथर गाउँपालिका- ६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको हो । हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४