Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सुनको मूल्यमा सामान्य वृद्धि 

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

सुनको मूल्यमा सामान्य वृद्धि 

सोमबार २ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँ बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार ८६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार ५ रूपैयाँ घटेको चाँदी मंगलबार भने स्थिर रहेको छ । आज चाँदी तोलामा सोमबारकै मूल्य अर्थात १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित खबरहरु