Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

स्पेनिस ला लिगा : बार्सिलोनाको साँघुरो जित

यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

स्पेनिस ला लिगा : बार्सिलोनाको साँघुरो जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि ओसुमाने डेम्बेलेले ९०औं मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे । यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै खेलको ७९औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो । बार्सिलोना शीर्ष स्थानको एट्लेटिकोभन्दा १ अंकले मात्र पछि रहेको छ ।बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । भालाडोलिट २७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

सम्बन्धित खबरहरु