Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्ष सत्ताको नेतृत्वमा रहन सक्ने भएका छन् । सोमबार पुटिनले हस्ताक्षर गरेकाे विधेयकले उनलाई सन् २०३६ सम्म अर्थात् अरू दुई कार्यकाल राष्ट्रपति पदमा बस्न सक्ने शक्ति दिएको छ ।

योसँगै पुटिन रुसका तानाशाह जोसेफ स्टालिनभन्दा लामो समयसम्म सत्तामा रहने राष्ट्रपति बन्ने सम्भावना बढेको छ । तर झन्डै २ दशकदेखि सत्तामा रहेका पुटिनले आफ्नो बाँकी कार्यकाल ६ वर्ष पूरा भएपछि फेरि सत्ता प्राप्त गर्ने प्रयासमा लाग्ने वा नलाग्ने भन्ने कुरा पछि निर्णय गर्ने बताएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

गत वर्ष रुसमा संविधान संशोधनका लागि जनमत संग्रह गरिएको थियो । जसमा नागरिकले जोडदार ढंगले समर्थन जनाए । यसपछि गत महिना सांसदले विधेयकलाई अनुमति दिए । पुटिन पहिलोपटक सन् २००० मा राष्ट्रपति बनेका थिए । उनले दुईपटक चार/चार वर्षका कार्यकाल पूरा गरेका थिए । यसपछि उनका सहयोगी दिमित्री मेदेवदेव सन् २००८ मा राष्ट्रपति बनेका थिए । सन् २०१२ मा पुटिन पुनः सत्तामा आएका हुन् र २०१८ मा पनि उनले विजय हासिल गरे ।

सम्बन्धित खबरहरु