Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नेप्सेमा झिनो वृद्धि : बजार पुँजीकरण ३६ खर्ब ७२ अर्ब

न्युज कारोबार काठमाडौं चैत २३, २०७७       

नेप्सेमा झिनो वृद्धि : बजार पुँजीकरण ३६ खर्ब ७२ अर्ब

आइतबार उच्च अंकले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ । कुल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रूपैयाँमा खरिद बिक्री भयो । सोमबारको कारोबारपछि बजार पुँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । नेप्सेका अनुसार बजार पुँजीकरण ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार रूपैयाँ बराबर भएको छ ।

कारोबार भएका कुल १३ मध्ये आज सात उपसमूहको सेयर उकालो लागेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड ७५ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोवार भयो । यस्तै, आइएमई जनरल इन्स्योरेन्स ३१ करोड ३४ लाख ९६ हजार १७४ रूपैयाँ, नेपाल पूर्वाधार बैंक २८ करोड ९४ लाख ६३ हजार ८२८ रूपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स २५ करोड २५ लाख ५२ हजार २९० रूपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १९ करोड पाँच लाख ५० हजार ६२९ रूपैयाँ, नबिल बैंक १५ करोड ५६ लाख ३९ हजार ६१९ रूपैयाँ, चन्द्रागिरि हिल्स १५ करोड १८ लाख ९२ हजार १९६ रूपैयाँ, एनआइसी एसिया बैंक १५ करोड एक लाख ६१ हजार १२९ रूपैयाँ, नेपाल निर्जीवन बिमा कम्पनी १४ करोड ९४ लाख ५२ हजार ७९७ रूपैयाँ र रसुवागढी हाइड्रोपावर १३ करोड ७१ लाख २८ हजार ९४१ रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

कारोबारका आधारमा एनआइसी एसिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए । 

यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ । 

सम्बन्धित खबरहरु