Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सानिमा बैंकको ‘केवाइसी’ अनलाइनबाटै अद्यावधिक गर्ने सकिने

न्युज कारोबार काठमाडौं चैत २३, २०७७       

सानिमा बैंकको ‘केवाइसी’ अनलाइनबाटै अद्यावधिक गर्ने सकिने

सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय (Online) माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (KYC) अद्यावधिक गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइट www.sanimabank.com मा login गरी 'Online KYC Update' मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (KYC) अद्यावधिक गर्न सक्नेछन् । यद्यपि मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ ।

बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरैभन्दा धेरै ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबरहरु