गृहपृष्ठ रेड पाण्डाको छालासहित पक्राउ
रेड पाण्डाको छालासहित पक्राउ
बुढानिलकण्ठ नगरपालिका- ६ सेराफाँट गोरखाली पुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका- १ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त छालासहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : २०:२० बजे