Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घट्यो

न्युज कारोबार काठमाडौं चैत २३, २०७७       

आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घट्यो

आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४ सय रूपैयाँ कायभ गरिएको थियो ।आइतबार स्थिर तेजावी सुन सोमबार तोलामा २ सय रूपैयाँ घटेर ८६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन तोलामा ८६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार स्थिर चाँदीको मूल्य सोमबार ५ रूपैयाँ घटेर प्रतितोला १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा १ हजार २ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु