न्युज कारोबार
काठमाडौं
चैत २३, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा. रावललाई नियुक्त गरेका हुन् । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सह-प्रध्यापक डा. रावलसँगै प्रा. डा. रेशम राना र सह-प्रध्यापक डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।
गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा. रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका छन् । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४