Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

नेप्सेमा हरियाली : ९ अर्बभन्दा बढीको कारोबार, सात कम्पनी सर्किट लेभलमा

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

नेप्सेमा हरियाली : ९ अर्बभन्दा बढीको कारोबार, सात कम्पनी सर्किट लेभलमा

आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से परिसूचक २५.७१ अंकले बढेर दुई हजार ६५७.७१ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३३ अंकले बढेर ४७०.७५ अंकमा पुगेको छ । आइतबार अहिलेसम्मकै उच्च कारोबार भएको छ । २१२ कम्पनीको एक करोड ८१ लाख ७३ हजार ३७८  कित्ता ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँको किनबेच भएको छ । नेप्से सूचीकृत १३ उपसमूहमध्ये ५ उपसमूह ओरालो लागेका छन् भने बाँकी उपसमूहहरु उकालो लागेका छन् ।

नेपाल स्कट एक्सेचेन्जका अनुसार आइतबार व्यापार, ४.३९, होटल तथा पर्यटन ०.८४, उत्पादनमुलक ०.१५, सामुहिक लगानी कोष ०.८६ र लगानी उपसमूह २.३५ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै बैंकिङ ०.८१, विकास बैंक ०.८४, जलविद्युत १.५, वित्त ३.६६, निर्जीवन बिमा ३.९७, अन्य ३.४१, लघुवित्त ०.४७ र जीवन बिमाक सेयर ०.८९ प्रतिशतले बढेको छ ।

आज सात कम्पनीको सेयर बजार कारोबार सकारात्मक सर्किटको लेभलमा पुगेका छन् । जेनरल इन्स्योरेन्स कम्पनी (जीआइसी) ९.९९, ओमी ९.९९, राधी जलविद्युत कम्पनी लिमिटेड ९.९८, आइएमई जेनेरल इन्स्योरेन्स ९.९७, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था ९.९५, सानिमा जेनरल इन्स्योरेन्स ९.९३ र सेन्जेन जलविद्युत कम्पनीको सेयर (९.८९ प्रतिशत) कारोबार सकारात्मक सर्किटको लेभलमा कारोबार भएका छन् ।

सम्बन्धित खबरहरु