Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

खनाल-नेपाल समूहले गठन गर्‍यो काठमाडौंमा पनि समानान्तर कमिटी

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

खनाल-नेपाल समूहले गठन गर्‍यो काठमाडौंमा पनि समानान्तर कमिटी

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक टक्करमा रहेकाे नेकपा एमालेकाे खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । पार्टी पुनर्गठन अभियानअन्तर्गत तीन महिने कार्यक्रम घोषणा गरेको साे समूहले गण्डकी प्रदेशका जिल्लापछि काठमाडौंमा पनि समानान्तर कमिटी घोषणा गरेको हो ।

आइतबार बुद्धनगरमा आयोजित कार्यक्रममार्फत बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा भएको छ । खनाल-नेपाल समूहले भ्रातृ संगठनहरूमा समेत समानान्तर कमिटी गठन गरिसकेको छ । शनिबार बसेको खनाल-नेपाल समूहकाे स्थायी कमिटी बैठकले तीन महिने अभियान घोषणा गर्दै २०७५ २ जेठको अवस्थाको कमिटी ब्युँताउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु