Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

आइतबार १७६ जनामा कोरोना पुष्टि, ११७ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

आइतबार १७६ जनामा कोरोना पुष्टि, ११७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

आइतबार ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ ।

आज ३ हजार ४ सय ५६ जनामा पीसीआर परीक्षण भएका छन् । हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५७ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खबरहरु