Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

'केपी ओलीले फालेर हामी फालिने हौं ? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन् ?'

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

'केपी ओलीले फालेर हामी फालिने हौं ? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन् ?'

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दलबाट फालेर आफू नहट्ने बताएका छन् । आइतबार काठमाडौं जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे ।

उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् । नेता नेपालले भने,‘केपी ओलीले फालेर हामी फालिने हौं ? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन् ?’ पार्टीको आधिकारिकता आफ्नो पक्षमा हुने उनले दाबी गरे । कानुनले आधिकारिकता नदिने परिस्थितिमा बेग्लै बाटो खोजिने उनले बताए ।

सम्बन्धित खबरहरु